जनकपुर । सर्वोच्च अदालतको आदेशपछि मधेस प्रदेशसभाले बुधबार बिहान ८:३० बजे बैठक आह्वान गरेको छ।
उक्त बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मतको प्रक्रिया अघि बढाउनेछन्।
सर्वोच्च अदालतले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो।
सोही आदेशअनुसार मुख्यमन्त्री यादवले भोलि प्रदेशसभामा उपस्थित भएर विश्वासको मत लिने तयारी गरेका हुन्।
