वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले १०४ किलो बढी
लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर, भिमफेदी गाउँपालिका–८ का २२ वर्षीय भिम स्याङ्तान र मकवानपुरकै मकवानगञ्ज नगरपालिका–७ का २८ वर्षीय कुमार स्याङ्तान रहेका छन ।
जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले उक्त गाँजा बरामद गरेको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बताए ।
उनका अनुसार साथै बीएबी ९३९८ नम्बरको स्विफ्ट कार समेत बरामद गरिएको छ ।
उक्त कारको जाँच गर्ने क्रममा भित्र लुकाइछिपाइ राखिएको अवस्थामा करिब १० पोका गाँजा फेला परेको हो।
प्रहरीले बरामद गरिएको गाँजा र कारसहित थप अनुसन्धान भइरहेको जनाएको छ।