काठमाडौँ । दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव कोशी, मधेश र बागमती प्रदेशमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली देखिएको छ भने अन्य सबै भूभागमा मौसम सफा छ।
दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
बाँकी स्थानमा मौसम मुख्यतया सफै रहनेछ।
आज राति भने देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।