काठमाडौँ । जन अधिकार पार्टी निर्वाचन आयोग, नेपालमा विधिवत रूपमा दर्ता भएको छ।
आयोगले जारी गरेको राजनीतिक दल दर्ता प्रमाणपत्रअनुसार उक्त पार्टीलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ का दफा ४ र ५ बमोजिम दर्ता गरिएको हो।
पार्टीलाई दर्ता नम्बर २३० प्रदान गरिएको आयोगले जनाएको छ।
निर्वाचन आयोगले जन अधिकार पार्टीलाई आधिकारिक मान्यता प्रदान गरेको हो।
प्रमाणपत्रमा उल्लेख भएअनुसार पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका–४, विशालनगरमा रहेको छ।
जन अधिकार पार्टीको नेतृत्व डा. शरद सिंह यादवले गरेका छन्।
पार्टीका अध्यक्षसमेत रहेका यादवको नेतृत्वमा औपचारिक रूपमा दर्ता भएको पार्टी अब आगामी निर्वाचनमा ‘डुङ्गा’ चुनाव चिन्हका साथ प्रतिस्पर्धामा उत्रिनेछ।
दल दर्तासँगै पार्टीले अब संगठन विस्तार र राजनीतिक गतिविधि तीव्र पार्ने तयारी गरेको जनाइएको छ।
