ट्रेन्डिङ

मधेसका मुख्यमन्त्री यादवविरुद्धको रिटमा सर्वोच्चमा बहस सकियो, केही बेरमा आदेश आउने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ।

संविधानविपरीत रूपमा यादवलाई नियुक्त गरिएको दाबी गर्दै विभिन्न दलका प्रदेशसभा सदस्य र कानुन व्यवसायीहरूले दर्ता गराएका रिटमा आजै फैसला आउने भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

मुख्यमन्त्री नियुक्ति प्रकरणमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको इजलासमा गत बिहीबारदेखि निरन्तर सुनुवाई भइरहेको थियो।

बहस सकिएकोले अब आदेश आजकै दिन सार्वजनिक गरिने तयारी अदालतले गरेको हो।

यसअघि सर्वोच्चले उक्त मुद्दाको अन्तिम टुंगो नलागेसम्म मधेश प्रदेश सरकारलाई दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै