ट्रेन्डिङ

रौतहट बृन्दावन–३ मा बर्थिङ सेन्टर बन्द, नागरिकको गुनासो मुख्यमन्त्रीसम्म

रौतहट । जनतासँग प्रत्यक्ष संवादमार्फत समस्या सुन्ने ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रमको १५ औँ दिनमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई रौतहटको बृन्दावन नगरपालिका–३ का नागरिकले बर्थिङ सेन्टर बन्द भएको गुनासो गरेका छन्।

बिहान गरिएको टेलिफोन संवादका क्रममा सो वडाका नागेन्द्र यादवले स्वास्थ्य चौकीभित्र रहेको बर्थिङ सेन्टर लामो समयदेखि बन्द रहँदा गर्भवती महिलाले सास्ती भोग्नुपरेको बताए।

उनका अनुसार, बर्थिङ सेन्टर सञ्चालनमा नआएपछि प्रसूति सेवाका लागि महिलालाई बाहिरी ठाउँ धाउनुपर्ने बाध्यता बनेको छ।

“मेयर र स्थानीय तहले पटक–पटक दिएको गुनासो सुनेका छैनन्, बर्थिङ सेन्टर तुरुन्त सञ्चालन गरिदिनुपर्छ,” उनले मुख्यमन्त्रीलाई भने।

गुनासो सुनेपछि मुख्यमन्त्री यादवले सम्बद्ध निकायसँग समन्वय गरी समस्या छिनोफानो गर्ने प्रतिवद्धता जनाएका छन्।

उनले प्रसूति सेवाजस्तो आधारभूत स्वास्थ्य सुविधामा अवरोध अस्वीकार्य भएको उल्लेख गर्दै आवश्यक कदम तत्काल अघि बढाइने बताए।

यससँगै बृन्दावन–३ का स्थानीयवासीले लामो समयदेखि बन्द रहेको बर्थिङ सेन्टर पुनः सञ्चालनमा आउने अपेक्षा गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै