वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको छ ।
जिल्लाको जिराभवानी गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार राज्य, बेतिया जिल्लास्थित मुसहरीका ६५ वर्षीय गामा बिन रहेको पर्सा प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीको टोलीले शंकरसरैयाँबाट ३० किलो लागुऔषध गाँजा बरामद गरेको हो
जङ्गलको बाटो हुँदै गाँजा बोकेर ल्याउँदै गरेको अवस्थामा बिनलाई दुई बोरा गाँजासहित पक्राउ गरिएको हो।
प्रहरीको प्रारम्भिक अनुसान्धानमा पक्राउ परेका बिनले गाँजा भारततर्फ लैजान लागेको खुलेको छ ।