काठमाडौँ ।अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य र मागको प्रभावले नेपाली बजारमा पनि सुनचाँदीको भाउ लगातार उक्लिँदै गएको छ।
पछिल्लो केही दिनयता देखिएको तीव्र उतार–चढावका बीच आज पुनः दुबै धातुको दर वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको मूल्य सूचीनुसार आइतबार छापावाला सुन प्रतितोला रु २ लाख ५२ हजार २०० पुगेको छ।
शुक्रबारको तुलनामा एक दिनमै सुनको मूल्यमा रु १ हजार ६००को वृद्धि भएको हो।
शुक्रबार सुन प्रतितोला रु २ लाख ५० हजार ६०० मा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि आज उल्लेख्य रूपमा बढेको छ।
आइतबार चाँदी प्रतितोला रु ३ हजार ४९० तोकिएको छ, जसले यसअघि शुक्रबार रहेको रु ३ हजार ३४५ को तुलनामा रु १४५ ले वृद्धि देखाएको छ।
अन्तर्राष्ट्रिय बजारमा समेत बहुमूल्य धातुको दर उच्च स्तरमा रहेको छ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक औँस सुन ४ हजार १७५ अमेरिकी डलर र चाँदी ५४ अमेरिकी डलर मा कारोबार भइरहेको छ।