सर्लाही। बज्जिका साहित्यको प्रभाव अब राष्ट्रिय परीक्षासम्म पुग्न थालेको छ।
हालै सम्पन्न लोक सेवा आयोगको एक परीक्षामा “कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेवा सम्मान–२०८२ कसलाई प्रदान गरियो?” भन्ने प्रश्न समावेश भएको छ, जसको सही उत्तर विजय यादव ‘निर्विज’ हुन्।
बज्जिका भाषाको पहिलो उपन्यास ‘प्रतिमा’ का लेखक रहेका निर्विजलाई बज्जिका साहित्यको विकास, विस्तार र संरक्षणमा पुर्याएको योगदानका आधारमा सो सम्मान प्रदान गरिएको हो।
सम्मान सर्लाहीको मलंगवामा आयोजित बज्जिका साहित्य समाजको विशेष कार्यक्रममा प्रदान गरिएको थियो।
साहित्यमा सक्रिय स्रष्टाका रूपमा परिचित निर्विजको नाम राष्ट्रिय परीक्षामा समावेश हुनु बज्जिका भाषालाई राष्ट्रिय पहिचान दिलाउने उनको दीर्घ साहित्यिक यात्राको महत्वपूर्ण मान्यता मानिएको छ।
अभिनयमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका निर्विजको उपन्यास ‘प्रतिमा’ सन् २०७९ को मधानी महोत्सवमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनले विमोचन गरेका थिए।
निर्विज पूर्वमा फतुवा–विजयपुर नगरपालिकामा मेयरका निकटतम प्रतिस्पर्धी रहेकासहित हाल आम जनता पार्टी लुम्बिनी प्रदेशका अध्यक्षका रूपमा राजनीतिक रूपमा पनि सक्रिय छन्।