काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार स्थानीय बजारमा सुन–चाँदी दुवैको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार आज सुन तोलामा २ हजार २ सय रुपैयाँले बढेर २ लाख ५० हजार ६ सय रुपैयाँ पुगेको छ।
अघिल्लो दिन अर्थात् बिहीबार सुनको मूल्य २ लाख ४८ हजार ४ सय रुपैयाँ थियो।
लगातार बढ्दो मूल्यले बजारमा सुनको कारोबार प्रभावित भएको व्यवसायीहरू बताउँछन्।
यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा ६५ रुपैयाँले वृद्धि भएको छ।
बिहीबार ३ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३ हजार २ सय ८० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन आज प्रतिऔंस ४ हजार १७१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय बजार सूचकांकले जनाएको छ।