काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथसम्बन्धी विवादमा सर्वोच्च अदालत आज पुनः सुनुवाइ गर्दैछ।
हिजोको इजलासमा बहस टुंगो नलागेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा चलिरहेको यस मुद्दामा दुवै पक्षका कानुन व्यवसायीले आफ्नो तर्क पेश गर्न जारी राखेका छन्।
मुख्यमन्त्री यादवको नियुक्ति ‘संवैधानिक प्रक्रियाविरुद्ध’ भएको दाबी गर्दै मधेश
प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले रिट दर्ता गराएका थिए।
यसअघि रकी यादवसहितले दायर गरेको अर्को रिटमा सर्वोच्च अदालतले मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिइसकेको छ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासबाट जारी आदेशले विवादित मुद्दाको संवेदनशीलता थप बढाएको छ।