ट्रेन्डिङ

जनकपुरको फोहोरबारे सात समुन्द्रपारिबाट मुख्यमन्त्रीलाइ गुनासो, दुबईबाट देवानन्दले के भने प्रदेशका मुख्यालाइ ?

जनकपुर । मधेश प्रदेशका नागरिकको दैनिकीसँग जोडिएका समस्या अब सात समुन्द्र पारिबाट समेत मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष आइपुग्न थालेका छन् ।

धनुषाको शहीदनगर नगरपालिका–४ का देवानन्द, जो रोजगारीको शिलशिलामा दुबईमा छन्, आफू रहेको टाढा मुलुकबाटै जनकपुरको सार्वजनिक शौचालयसम्बन्धी गुनासा लिएर ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रममा जोडिए ।

देवानन्दका अनुसार जनकपुरका सार्वजनिक शौचालयले साना शौच गर्न समेत शुल्क लिने गरेको छ ।

शुल्क तिर्न नसक्ने सर्वसाधारण सडकमै पिसाब फेर्न बाध्य हुँदा सहर फोहोर बन्दै गइरहेको गुनासा उनले राखे ।

“सार्वजनिक शौचालय आमनागरिकका लागि सहज हुनुपर्छ, शुल्कले त झन् समस्या बढेको छ,” उनले कार्यक्रममार्फत सन्देस दिए ।

त्यस्तै, सर्लाहीको बरहथवा नगरपालिका–१ का नागेन्द्र सहनीले मल अभावबारे गुनासा राख्दै किसानहरू समस्यामा परेको बताए ।

मुख्यमन्त्री यादवले १२ दिनदेखि हरेक बिहान ४५ मिनेट ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

जनकपुरको सार्वजनिक शौचालयदेखि किसानको मल अभावसम्मका मुद्दा प्रतिदिन सो कार्यक्रममा उठ्दै आएका छन् ।

मधेशका ८ वटै जिल्लाबाट विकास निर्माण, स्थानीय तहको सेवासुविधा, अव्यवस्था र जनजीवनसँग जोडिएका गुनासा मुख्यमन्त्री यादवसमक्ष आइरहेका छन् ।

कार्यक्रममार्फत प्राप्त गुनासाहरू गम्भीर भन्दै मुख्यमन्त्री यादवले समाधानका लागि तत्काल पहल लिने गरेको उनको सामाजिक सञ्जालमा राखिएको भिडिओबाट प्रष्ट हुन्छ, जुनकारणले जनताले हरेक दिन आफ्ना गुनासा सुनाइरहेको बताइन्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै