ट्रेन्डिङ

मधेशका मुख्यमन्त्री यादव नियुक्ति विवादबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति वैधानिक–अवैधानिक सम्बन्धी विवादमा सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको छ।

सात दलको गठबन्धनले यादवलाई संविधानविपरीत नियुक्त गरिएको दाबी गर्दै दर्ता गरेको रिटमा दुवै पक्षका कागजात र बहस सकेपछि सर्वोच्चले मंसिर ११ लाई फैसला सुनाउने दिन तोकेको हो।

मंसिर ३ गते न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलसमेतको संयुक्त इजलासले विपक्षीहरूलाई लिखित जवाफ पेश गर्न आदेश दिँदै अन्तिम सुनुवाइका लागि आजको मिति निर्धारण गरेको थियो।

उक्त रिटमा मधेश प्रदेश सभाका ७४ सांसदले संविधानको धारा १६८(३) अनुसार आवश्यक समर्थन नपाइकन यादवलाई मुख्यमन्त्री बनाएको निर्णय उल्टाइनुपर्ने माग गरेका छन्।

प्रारम्भिक सुनुवाइमै अदालतले मुद्दा टुंगो नलागेसम्म माधेश प्रदेश सरकारले नीतिगत तथा दीर्घकालीन प्रभाव पार्ने कुनै निर्णय नगर्न आदेश दिएको थियो।

आदेशमा संसद्को विश्वासको मतसँग सम्बन्धित संवैधानिक प्रक्रिया र संसदीय मान्यतामा गम्भीर प्रश्न उठेको उल्लेख छ।

मुख्यमन्त्री नियुक्ति विवादसँगै सात दल आन्दोलित बनेका छन्।

उनीहरूले प्रदेश सभामुख रमचन्द्र मण्डललाई दुई तिहाइले पदमुक्त गरिसकेका छन्।

सो प्रकरणकै बीच तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पनि संघीय सरकारले सिफारिस गरेको निर्णयअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरिसकेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै