ट्रेन्डिङ

१ सय रुपैयाँको नोट आजदेखि चलनचल्तीमा, के-के छन् विशेषता ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ सुधारिएको नोट आजदेखि चलनचल्तीमा ल्याएको छ।

बैंकले सार्वजनिक गरेको सूचनाअनुसार नयाँ नोट पुरानै आकार र रङमा भए पनि सुरक्षा विशेषता र डिजाइनको सूक्ष्म परिमार्जन सहित बजारमा आएको हो।

नयाँ नोटमा बायाँपट्टि सगरमाथाको चित्र र दायाँपट्टि लालीगुराँसको पानीछाप राखिएको छ।

बीच भागमा नेपालको नक्सा र अशोक स्तम्भको चित्र समावेश गरिएको छ। दृष्टिविहीनले सजिलै पहिचान गर्नसकून् भनेर अशोक स्तम्भ नजिकै स्पर्श गरेर महसुस गर्न मिल्ने विशेष चिन्ह (ट्याक्टाइल मार्क) थपिएको राष्ट्र बैंकले जनाएको छ।

सुरक्षा दृष्टिले नोटमा राखिएको २ मिमि चौडाइको धागो सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिने प्रकारको छ।

बायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको सूक्ष्म चित्र पनि समावेश गरिएको छ।

नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकृतको दस्तखत रहँदा तल्लो भागमा नेपाली अंकमा ‘वि.सं. २०८१’ को सिरिज उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ सुविधा र सुरक्षासहितको यो नोट आजदेखि बैंक तथा वित्तीय संस्थामार्फत सर्वसाधारणका हातमा पुग्ने छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै