ट्रेन्डिङ

कुन प्रदेशको मौसम आज कस्तो रहला ?

काठमाडौँ । देशभर हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिए पनि मधेस, तराईदेखि पहाडसम्मको धेरैजसो क्षेत्र आज बिहानैदेखि सफैँ मौसमसँगै खुल्ला आकाशको अनुभव गरिरहेका छन्।

महाशाखाले दिएको विवरणअनुसार आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा आंशिक बदली हुने सम्भावना छ भने अन्य प्रदेशहरूमा मौसम मुख्यतया सफा रहने छ।

यस्तै, आज राति कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम सफैँ हुने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै