ट्रेन्डिङ

सुनको मूल्य तोलामा आज ९ सयले बढ्यो

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको २ लाख ४७ हजार ९ सय रुपैयाँभन्दा ९ सय रुपैयाँले बढी हो।

सुनको मूल्य असोज ३१ गते तोलामा २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च भाउको रेकर्ड हो।

चाँदीको मूल्य पनि बढ्दै गएको छ। बुधबार चाँदी प्रतितोला ३२२० रुपैयाँमा कारोबार भएको छ, जुन अघिल्लो दिनको ३२०० रुपैयाँभन्दा २० रुपैयाँले बढी हो। चाँदीको उच्चतम भाउ असोज ३१ गते ३३५० रुपैयाँ रहेको थियो।

विशेषज्ञहरूका अनुसार सुन–चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण पनि बढ्दो क्रममा रहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै