ट्रेन्डिङ

एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँभन्दा बढीले वृद्धि

काठमाडौं । केही दिनको गिरावटपछि मंगलबार सुनको मूल्य फेरि एक्कासी उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ हजार २ सय रुपैयाँले महँगिएको हो।

अघिल्लो दिन २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर २ लाख ४७ हजार ९ सय रुपैयाँमा पुगेको छ।

महासंघका अनुसार असोज ३१ गते नै सुन हालसम्मकै उच्च स्तर २ लाख ५८ हजार रुपैयाँमा पुगेको रेकर्ड छ।

त्यसपछि घट्दै आएको सुनको मूल्य फेरि बढ्न थालेसँगै बजार पुनः चहलपहल बढेको छ।

यसैगरी चाँदीको भाउ पनि उकालो लागेको छ।

सोमबार ३ हजार ११५ रुपैयाँमा स्थिर रहेको चाँदी मंगलबार तोलामा ८५ रुपैयाँ वृद्धि भएर ३ हजार २ सय रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

असोज ३१ गते चाँदी हालसम्मकै उच्च ३ हजार ३५० रुपैयाँ पुगेको रेकर्ड छ।

सुनचाँदी दुवैको मूल्य पुनः बढ्न थालेपछि बजारमा उपभोक्ता तथा व्यवसायी सतर्क बनेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै