ट्रेन्डिङ

कुन प्रदेसको मौसम आज कस्तो रहला ?

काठमाडौँ । नेपालमा हाल कुनै उल्लेख्य मौसमी प्रणाली सक्रिय नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रमुख प्रणालीको प्रभाव नदेखिएका कारण अधिकांश स्थानमा मौसम स्थिर र सफा रहने पूर्वानुमान गरिएको हो।

महाशाखाका अनुसार अहिले उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली देखिएका छन् भने अन्य अधिकांश प्रदेशमा आकाश सफैदी लागेको अवस्था छ।

लुम्बिनी प्रदेशका केही स्थानमा मात्र हुस्सु र तुवाँलोका कारण दृश्यता केही कमजोर भएको बताइयो।

दिउँसोतिर कोशी प्रदेशको पहाड–हिमाली क्षेत्रमा बदली रहने सम्भावना रहे पनि देशका अन्य भूभागमा मौसम खुल्लै रहने अनुमान छ।

रातिको समयमा भने सम्पूर्ण देशमा आकाश सामान्य रूपमा खुलेर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

मौसम स्थिर रहे पनि हुस्सु र तुवाँलो लागेको क्षेत्रमा सवारी साधन चलाउँदा अतिरिक्त सावधानी अपनाउन विशेषज्ञहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै