वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा स्रोत नखुलेको रकमसहित एक जनालाइ पक्राउ गरेको छ ।
प्रहरीले नगद १५ लाख रुपैयाँसहित पर्साबाट एकजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पकहाँमैनपुर गाउँपालिका–१ का ३४ वर्षीय अवदेश पटेल रहेको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बताए ।
उनका अनुसार पकहाँमैनपुर–१, धोरेबाट स्रोत नखुलेको नगद १५ लाख रुपैयाँसहित आइतबार (मंसिर ७) दिउँसो उनलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार बीआर२२एएफ ४१२६ नम्बरको मोटरसाइकलमा उनी भारतबाट नेपालतर्फ आउँदै थिए ।
त्यही जाँचका क्रममा उक्त नगद फेला पारी चालक अवदेशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।