ट्रेन्डिङ

गरिमा विकास बैंक वीरगन्ज शाखाको १९औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, ५० बढीले गरे रक्तदान

वीरगन्ज । गरिमा विकास बैंक वीरगन्ज शाखाले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्षजस्तै यस वर्ष पनि बैंकले रक्तदानमार्फत समाजसेवामा योगदान पुर्‍याउने उद्देश्य राखेको जनाएको छ।

उद्घाटनपछि स्वागत मन्तव्य दिंदै बैंकका बीरगन्ज शाखा प्रबन्धक राजीव कुमार झाले बैंकले ग्राहकमैत्री सेवा, डिजिटल बैंकिङ विस्तार र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताए।

झाका अनुसार वार्षिकोत्सवकै अवसरमा गरिएको रक्तदान कार्यक्रमले वित्तीय संस्थाको भूमिकासँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र मानवसेवामा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

त्यसैगरी, गरिमा विकास बैंकका मधेस प्रदेश प्रमुख दयाकान्त साहले बैंकलाई आजको स्थानमा पुर्‍याउन सहयोग गर्ने सबै ग्राहक, साझेदार संस्था र स्थानीय नागरिकप्रति आभार व्यक्त गरे।

आगामी दिनमा पनि यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा करिब ५० जनाले रक्तदान गरेका छन्।

कार्यक्रमका विशिष्ट अतिथिमा गरिमा विकास बैंक मधेस प्रदेश प्रमुख दयाकान्त साह, लायन्स क्लब इन्टरनेशनलका पास्ट डिस्ट्रीक्ट गभर्नर देवकी चन्द अग्रवाल सहभागि थिए।

अतिथिमा नेपाल पत्रकार महासंघ पर्साका पूर्वउपाध्यक्ष युराज खड्का, जीवनजोति स्कुलका अध्यक्ष शिवकुमार गुप्ता, एन्जल वर्ल्ड स्कुलका अध्यक्ष रामराज श्रेष्ठलगायतको उपस्थिति थियो।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज उधोग वाणिज्य संघका पूर्वअध्यक्ष अनिल कुमार अग्रवालले उद्घाटन गरेका थिए ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै