वीरगन्ज । वीरगन्ज महानगरपालिकाले कृषि तथा पशुपन्छी विकास प्रवर्द्धन शाखामार्फत सञ्चालन हुने ५० प्रतिशत अनुदानमा बीउ वितरण कार्यक्रम आजदेखि औपचारिक रुपमा सुरु गरिएको छ।
महानगरकाकोवडा नम्बर १ देखि ३२ भित्रका किसानलाई लक्षित उक्त वितरण कार्यक्रम आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत योजनाअनुसार अघि बढाइएको हो।
किसानहरूले आवश्यक कागजात सहित कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखामा सम्पर्क गरी अनुदानमा उपलब्ध गराइने बीउ वितरण सेवा सहज रूपमा प्राप्त गर्न सक्ने महानगरले जनाएको छ।
विज्ञप्तिअनुसार, तोकिएको समयभित्र कृषकहरूले आफ्नो लालपुर्जा र नागरिकताको प्रतिलिपि सहित सम्पर्क गर्ने व्यवस्था मिलाइएको छ।
