ट्रेन्डिङ

जनकपुरमा १११ मिटर लामो चुनरी चढाइयो, विवाहपञ्चमीको शोभायात्रासँगै विशेष पूजाआजा

जनकपुर । सीताराम विवाह पञ्चमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी अर्पण गरिएको छ।

बिहान निकालेको भव्य शोभायात्रासँगै उक्त चुनरी माता जानकीलाई विधिपूर्वक चढाइएको मन्दिर व्यवस्थापनले जनाएको छ।

भारतको गुजरात, सुरतस्थित जीन माता ट्रस्टले पठाएको सो विशेष चुनरी जनकपुरधाम आइपुगेपछि सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रुंगटाको नेतृत्वमा मन्दिरमा अर्पण गरिएको हो।

ट्रस्टले विगत वर्षदेखि भारत–नेपालका सयौँ मन्दिरमा चुनरी अर्पण गर्दै आएको बताउँदै अध्यक्ष रुंगटाले यस वर्ष पनि विवाहपञ्चमीको प्रसंगमा जानकी मन्दिरमा श्रद्धा–समर्पणसहित चुनरी अर्पण गरिएको जानकारी दिए।

विवाहपञ्चमी महोत्सवका कारण जनकपुरधाममा हिन्दू परम्परा, सांस्कृतिक झाँकी र भक्ति भावनाको माहोल झनै बनेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै