काठमाडौँ । आइतबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ४४ हजार ६०० रुपैयाँ पुगेको छ।
शुक्रबारको व्यापारमा छापावाल सुन तोलामा २ लाख ४१ हजार ७०० रुपैयाँ मा कारोबार भएको थियो।
मूल्य एकैदिन यो दरले बढ्नु पछिल्लो हप्ताका उतार–चढावपछि आएको उल्लेखनीय वृद्धि मानिएको छ।
त्यस्तै, चाँदीतर्फ पनि बजार उकासिएको छ।
शुक्रबार तोलामा ३ हजार १०० रुपैयाँ रहेको चाँदी आइतबार ३५ रुपैयाँले बढेर ३ हजार १३५ रुपैयाँ मा पुगेको महासंघले जनाएको छ।