ट्रेन्डिङ

पश्चिमी वायुको प्रभाव : आज देशभर सफामुखी मौसम, हिमाली भेगमा हल्का वर्षा–हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

उक्त प्रभावका कारण पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिए पनि तराई र अन्य अधिकांश क्षेत्र आज पनि सफामुखी मौसममै रहने महाशाखाले जनाएको छ।

दिउँसोतिर कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

विशेषगरी कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

यस्तै, आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफै रहने महाशाखाले जनाएको छ।

अन्यत्र हावा–पानीको उल्लेखनीय परिवर्तन नदेखिने र दैनिक क्रियाकलापमा पनि कुनै ठूलो प्रभाव नपर्ने महाशाखाले बताएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै