काठमाडौं । नेपाली सुन बजार बुधबार पुनः तातेको छ ।
लगातार केही दिनको उतारचढावपछि आज सुनको मूल्य एकै दिनमा २ हजार ८०० रुपैयाँले उक्लिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ।
मंगलबार सो मूल्य २ लाख ३९ हजार ५०० रुपैयाँ थियो।
सुनसँगै चाँदीको दरमा पनि वृद्धि देखिएको छ। बुधबार प्रतितोला चाँदी ३ हजार १५० रुपैयाँ पुगेको छ, जुन मंगलबारको ३ हजार ९० रुपैयाँ भन्दा ६० रुपैयाँले बढी हो।