ट्रेन्डिङ

आज कुन प्रदेसको मौसम कस्तो रहला ?

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि तराई तथा अन्य भूभागमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ भने बाकी प्रदेशका अधिकांश क्षेत्रमा आकाश खुला रहने छ।

त्यसैगरी, राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भइरहेको देखिने महाशाखाले जनाएको छ।

अन्य क्षेत्रमा राति पनि मौसम सामान्यतया सफै रहने अनुमान गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै