ट्रेन्डिङ

पर्सामा सशस्त्र प्रहरीद्वारा १० किलो लागु औषध गाँजा बरामद, स्रोत राखियो किन गोप्य ? उब्जियो- गम्भीर प्रश्न

वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साको टोलीले १० किलो लागु औषध (गाँजा) बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी पिडारीगुठाबाट खटिएको टोलीले आज गाँजा बरामद गरेको हो ।

जगरनाथपुर गाउँपालिका–१ बिसनपुर्वा क्षेत्रमा जाँचका क्रममा उक्त परिमाणको गाँजा फेला पारेको हो।

सशस्त्र प्रहरीले गाँजा के बाट बरामद गरेको हो ? त्यो विवरण खुलाउन सकेको छैन ।

बेवारिसे हो वा कुनै व्यक्तिबाट फेला परेको हो ? त्यसबारे सशस्त्र प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छैन ।जसकारण सशस्त्र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ ।

बरामद गाँजा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता
विश्वराज योन्जनले जानकारी दिए।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै