काठमाडौं । सोमबार सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ४३ हजार ३ सय रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको २ लाख ४२ हजार ८ सय रुपैयाँको तुलनामा ५ सय रुपैयाँ बढी हो।
सुनको भाउ हालसम्मकै उच्च असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ।
यस्तै, चाँदीको भाउ पनि बढेर प्रतितोला ३१५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन ३१३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ यसबर्ष असोज ३१ मा प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको थियो।