काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि देशभर सामान्यतया स्थिर र सफा मौसम रहने जनाएको छ।
सोमबार बिहान ८ बजे सार्वजनिक गरिएको बुलेटिनअनुसार उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएको कारण देशका अधिकांश भू–भागमा मौसम खुला रहनेछ।
महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भने आंशिक बदलीको सम्भावना रहेको छ।
यस्तै, बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।
राति भने देशभर पूर्ण रूपमा साफ मौसम रहने महाशाखाको पूर्वानुमान छ।