ट्रेन्डिङ

फागुन २१ को निर्वाचन टार्गेट गर्दै रौतहटमा मतदाता दर्ता तिव्र

पाँच दिन थपिएपछि दर्ता केन्द्रमा चाप

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै जिल्ला प्रशासनले मतदाता नामावली दर्ता तथा अद्यावधिकको समय पाँच दिन थपेको छ।

समय थपिएसँगै जिल्लाभरका दर्ता कक्षहरूमा भीड थपिँदै गएको छ।

रौतहटमा गत असोज १० गतेदेखि कार्तिक २८ गतेसम्म दर्ता अभियान सञ्चालन हुँदा पुरुष ३ हजार १७६, महिला २ हजार २१३ र अन्य १ गरी कुल ५ हजार ३९० नयाँ मतदाता सूचीकृत भएका छन्।

दर्ता अवधि अन्त्यतिर विभिन्न स्थानीय तहमा ठूलो संख्यामा नागरिक आएका कारण थप समय आवश्यक परेको निर्वाचन अधिकृतको भनाइ छ।

समय विस्तार गरिएको आज पहिलो दिनमै नगरपालिका तथा गाउँपालिकास्थित दर्ता कक्षहरूमा सर्वसाधारणको उपस्थिति उल्लेख्य देखिएको छ।

कतिपय केन्द्रमा बिहानैदेखि लाइन बढेपछि व्यवस्थापन चुनौतीसमेत देखिएको स्थानीयले बताएका छन्।

जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार निर्वाचन नजिकिँदै जाँदा नागरिक सक्रियतामा आएको वृद्धि सकारात्मक संकेत हो।
“मतदाता सूचीमा नाम नदोहोरिएको, नछुटेको सुनिश्चित गर्दै सहभागी हुन आउने सक्रियता लोकतान्त्रिक प्रक्रियाको राम्रो संकेत हो,” दासले बताए।

अहिले थपिएको पाँच दिनभित्र दर्ता र अद्यावधिकमा सहभागी हुनेको संख्या पहिलेको भन्दा अझै बढ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै