ट्रेन्डिङ

मधेस सभामा ‘तमासा’ : पाँच सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखले उल्टाइन्, दिइन -तिखा काउन्टर जवाफ

जनकपुर । मधेस प्रदेशसभा अहिले पूर्ण रूपमा राजनीतिक नाटकको मञ्च बनेको छ।

सभामुख रामचन्द्र मण्डलले पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय सुनाएलगत्तै उपसभामुख बबिता कुमारी राउतले सो निर्णय उल्ट्याउँदै कडा काउन्टर–जवाफ दिएकी छन।

सभामुख मण्डलले “लगातार १० बैठकमा अनुपस्थित” भन्दै ती पाँच सदस्यलाई पदमुक्त गरेको घोषणा गरेका थिए।

तर केही घन्टामै उपसभामुखले सो निर्णय उल्ट्याउँदै कारबाहीलाइ बदर गरदिएकी छन ।

उपसभामुखले जारी गरेको सूचनामा भनिएको छ-“सभामुखविरुद्ध महाभियोग दर्ता भइसकेको अवस्थामा पद रिक्त मानिने हुँदा, यस्तो बित्तिको आवेगमा गरिएको निर्णय वैधानिक देखिँदैन।”

उपसभामुख राउतले आफ्नो लाइन झनै कडा बनाउँदै थपिन्-“हाजिरी विवरण र भिडियो रेकर्ड हेर्दा सांसदहरू अनुपस्थित नै थिएनन्। मनपरी ढंगले पदमुक्त गर्ने अधिकार कसैले पाउँदैन।”

यसरी काउन्टर–जवाफको बाढी चलेसँगै मधेस प्रदेशसभा फेरि एकपटक राजनीतिक ड्रामा, आरोप प्रत्यारोप र शक्ति–सन्तुलनको खेलमा डुबेको आरोप लागिरहेको छ।

प्रदेससभाभित्रको वातावरण यतिबेला कानुनी तर्कभन्दा बढी ‘कस्ले कस्को कदम काट्ने’ प्रतिस्पर्धा जस्तै बनेको टिप्पणी गरिँदैछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै