ट्रेन्डिङ

मधेस सभाका ५ जना सांसद पदमुक्त, को-को भए पदमुक्त ?

जनकपुर । लगातार १० वटा बैठकमा अनुपस्थित रहेका पाँच जना मधेश प्रदेशसभा सदस्यहरूलाई पदमुक्त गरिएको छ।

प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गर्दै उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो।

नेपालको संविधानको धारा १८० (घ) अनुसार प्रदेशसभा बैठकमा लगातार १० पटक अनुपस्थित रहँदा सदस्यको पद स्वतः रिक्त हुने प्रावधान रहेको छ।

सोही प्रावधानअनुसार यही कार्तिक २७ गतेदेखि उनीहरूको सदस्यता समाप्त भएको सचिवालयले जनाएको छ।

पदमुक्त हुने सदस्यहरूमा
१. माननीय उर्मिला देवी सिंह (सर्लाही)
२. माननीय मनिष कुमार सुमन (सप्तरी)
३. माननीय संजय कुमार यादव (सर्लाही)३ (२)
४. माननीय सिङ्हासन साह कलवार (सर्लाही) ४(२)
५. माननीय सरदा शंकर प्रसाद कलवार (पर्सा)

प्रदेशसभा सचिवालयका अनुसार बैठकमा लगातार अनुपस्थित रहेकाले उनीहरूको स्थान रिक्त भएको जानकारी नियमावलीको नियम १८५ बमोजिम यो सूचना प्रकाशित गरिएको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै