काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय अनुशासन समितिले पार्टीको निर्देशन विपरीत मधेश प्रदेशमा मन्त्री बनेकी सांसद कञ्चन विच्छामाथि कडा कारबाहीको सिफारिस गरेको छ ।
अनुशासन समितिकी अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बिहीबार बसेको बैठकले विच्छालाई सांसद पदबाट फिर्ता बोलाउन र पार्टीको साधारण सदस्यताबाट समेत निष्कासन गर्न सिफारिस गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
श्रेष्ठका अनुसार विच्छाले पार्टी निर्णय र अनुशासन विपरीत कदम चालेकीले उनीमाथि संगठनात्मक कारबाही आवश्यक ठहर गरिएको हो ।