ट्रेन्डिङ

अविश्वास प्रस्ताव दर्ता गर्न पुगेका सांसदहरू मधेस प्रदेशसभा भवनमै थुनिए

जनकपुर । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पुगेका प्रदेश सांसदहरूलाई प्रदेशसभा भवनभित्रै रोकिएको आरोप लागेको छ ।

जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार, बिहीबार अविश्वास प्रस्ताव दर्ता गर्न पुगेका उनीहरूलाई करिब ४० मिनेटदेखि प्रहरीको निगरानीमा राखिएको छ ।

“हामीहरूलाई प्रदेशसभा भवनभित्रै थुनिएको छ, बाहिर जान वा सञ्चार गर्न दिइएको छैन,” नेता यादवले बताएका छन् ।

प्रदेशसभा भवनभित्र अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयनुल राईन, उपेन्द्र महतो, रानी शर्मा तिवारी, रुपा यादव, नेकपा (माओवादी केन्द्र) का भरतप्रसाद साह, जसपा नेपालका राजु गुप्ता, जनमत पार्टीका चन्दन सिंहलगायत सांसदहरू रहेको बताइएको छ ।

सांसदहरूले आफूहरूलाई रोक्ने कार्य असंवैधानिक भएको भन्दै त्यसको विरोध गरेका छन् ।

उनीहरूका अनुसार, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नदिन नियोजित ढंगले अवरोध गरिएको हो ।

यसअघि सात दलीय गठबन्धनले ६४ सांसदको हस्ताक्षरसहित सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव सचिवालयमा बुझाएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै