काठमाडौँ । नवनियुक्त नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बिहीबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बीच गृहसचिवले कार्कीलाई दर्ज्यानी चिह्न लगाइ दिएका हुन् ।
यससँगै कार्की औपचारिक रूपमा नेपाल प्रहरीको सर्वोच्च पदमा पदस्थापित भएका छन् ।
प्रहरीको ३३औं आईजीपीका रुपमा कार्कीले बिहीबारदेखि नै आफ्नो कमाण्ड सम्हाल्नेछन् ।
सरकारले केही दिनअघि कार्कीलाई आईजीपीमा नियुक्त गरेको थियो।