ट्रेन्डिङ

सुनको भाउमा भारी वृद्धि, आज एकैदिन तोलामा ५९ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः साढे दुई लाख रुपैयाँ नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ५० हजार २ सय रुपैयाँ कायम गरिएको छ।

अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ५ हजार ९ सय रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उक्लिँदै गएको छ, जहाँ प्रतिऔंस दर ४२०० अमेरिकी डलर नाघेको छ।

यसअघि अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४३८१ डलरसम्म पुगेको रेकर्ड छ।

नेपालमा यसअघि असोज ३१ गते सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको इतिहास छ, जुन हालसम्मकै उच्च दर हो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ।

अघिल्लो दिनको तुलनामा चाँदी तोलामा १७० रुपैयाँले महँगो हुँदै बिहीबार प्रतितोला ३३४५ रुपैयाँ पुगेको छ।

यसअघि असोज ३१ गते चाँदीको मूल्य ३३५० रुपैयाँ पुगेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै