ट्रेन्डिङ

कुन प्रदेशको मौसम आज कस्तो ?

काठमाडौँ । देशभर अहिले कुनै विशेष मौसमी प्रणालीको प्रभाव छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी–हिमाली क्षेत्रहरूमा आंशिक बदली छ भने अन्य प्रदेशका अधिकांश स्थानमा आकाश सफा रहेको छ ।

दिउँसोका समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का बदली हुने र बाँकी भागमा मौसम खुला रहने अनुमान गरिएको छ ।

त्यस्तै, आज राति पनि कोशी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने र देशका अन्य स्थानमा आकाश सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै