ट्रेन्डिङ

प्रहरीको लाठी चार्जबाट घाइते प्रदर्शनकारीहरूको उपचार खर्च प्रदेस सरकारले बेहोर्ने : मुख्यमन्त्री यादव

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले हिजो प्रहरीको लाठी चार्जबाट घाइते भएकाहरुको उपचार खर्च प्रदेस सरकारले बेहोर्ने बताएका छन ।

बुधवार बिहान उपचाररत रहेका घाइतेहरुसंग भेटघाट गर्दै मुख्यमन्त्री यादवले यस्तो बताएका हुन ।

मंगलवार प्रदर्शनको क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्नका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पुगेका मुख्यमन्त्री यादवले सो घोषणा गरेका हुन् ।

उनका अनुसार घाइतेहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । तथापि, मुख्यमन्त्री यादवले घाइते सबैको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने बताए ।

मंगलबार मुख्यमन्त्री पदभार ग्रहण गरिरहँदा मधेस भवन बाहिर ७ राजनीतिक दलका नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए ।

सोही बेला प्रहरीले लाठीचार्ज गर्दा १६ जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै