ट्रेन्डिङ

झन्डै ३६ घण्टापछि मुख्यमन्त्री यादवले सम्हाले कार्यभार, सहिदलाई ‘मधेस रत्न सम्मान’ दिने पहिलो निर्णय

जनकपुर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले नियुक्त भएको झन्डै ३६ घण्टापछि आज औपचारिक रूपमा कार्यभार सम्हालेका छन् ।

कार्यभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले मधेस आन्दोलनका सहिदहरूलाई “मधेस रत्न सम्मान” प्रदान गर्ने पहिलो निर्णय गरेका छन्।

उनले मधेसका शहीदहरूको बलिदानकै कारण मुलुकमा संघीयता सम्भव भएको उल्लेख गर्दै भने, “मधेसका शहीदहरूको योगदान अमूल्य छ, अब उनीहरूलाई उचित सम्मान दिने समय आएको छ।”

मुख्यमन्त्री यादवले शहीद परिवारलाई आर्थिक सहयोग भए पनि औपचारिक सम्मानको अभाव रहेको बताउँदै, अबदेखि मधेसका सहिदहरूलाई प्रदेशको तर्फबाट स्थायी रूपमा सम्मानित गरिने बताए।

त्यस क्रममा उनले प्रदेशमा शान्ति र स्थायित्व कायम राख्न सुरक्षा निकायका प्रमुखहरूसँग परामर्श गर्दै कानून–व्यवस्था सुदृढ गर्न निर्देशन दिएका छन्।

यादव कात्तिक २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए भने कात्तिक २४ गते प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै