ट्रेन्डिङ

मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित दलहरू सर्वोच्च अदालत पुगे

जनकपुर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध ७४ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित दलहरू सर्वोच्च अदालत पुगेका छन्।

उनीहरूले संविधानविपरीत सरकार गठन भएको भन्दै रिट दायर गर्न सर्वोच्च अदालत पुगेका हुन ।

संविधानको धारा १६८ को उपधारा (३) बमोजिम गठन गरिएको प्रदेश सरकार असंवैधानिक भएको ठहर गर्दै दलहरूले अहिले सर्वोच्चमा रिट दायर गर्न पुगेका हुन ।

सर्वोच्च पुगेका नेतामध्ये नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, र लोसपाका नेता जयलुन राइनलगायतका सांसदहरू छन्।

उनीहरूलाई रिट तयार पार्ने कानुनी प्रक्रियामा सहयोग गर्न मधेश प्रदेशका पूर्व मुख्यन्यायाधीवक्ता दीपेन्द्र झा पनि साथमा रहेका छन्।

गत आइतबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (३) अनुसार नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

अर्को दिन सोमबार बिहान बिरामी भएको कारण जनाउँदै काठमाडौं प्रस्थान गर्ने क्रममा उनले महोत्तरीको बर्दिबासस्थित पानस होटलमा नै नवनियुक्त मुख्यमन्त्रीलाई शपथ ग्रहण गराएकी थिइन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै