जनकपुर । मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि भएको विरोध प्रदर्शन आज उग्र बनेको छ ।
प्रदेश प्रमुखको विरोधमा जुटेका प्रदर्शनकारीहरूले कार्यालय प्रवेशद्वार नजिक राखिएका गमलाहरू तोडफोड गरेका छन् । ‘प्रदेश प्रमुख राजीनामा दे’, ‘एमाले चोर देश छोड’, ‘एमालेको प्रदेश प्रमुख राजीनामा दे’ जस्ता नाराहरू घन्काइएका थिए ।
प्रदर्शनकारीहरूको एक समूहले गेटमा रहेका सजावटी गमलाहरूमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
प्रदर्शनको क्रममा लगाइएका नाराहरूले विशेषगरी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र नेकपा (एमाले) लाई लक्षित गरेका थिए ।
स्थिति नियन्त्रणका लागि प्रहरीले अतिरिक्त सुरक्षा व्यवस्था मिलाएको छ ।