ट्रेन्डिङ

मधेशमा सात दल छलफलमा, के के छन छलफलका एजेन्डा ?

जनकपुर । सोमबार बर्दिवासको एक होटलमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शपथ लिएका घटनापछि मधेश प्रदेशका सात राजनीतिक दल सक्रिय भएका छन्।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा, जनमत र जनता समाजवादी पार्टी (जसपा) लगायतका दलहरूले अब के कदम चाल्ने भन्ने विषयमा छलफल थालेका छन्।

स्रोतका अनुसार बैठकमा मुख्य रूपमा चारवटा विकल्पमा विचार भइरहेको छ:
1. सभामुखमाथि महाअभियोग लगाउने
2. प्रदेश प्रमुखलाई फिर्ता पठाउने
3. कानुनी बाटो अपनाउँदै अदालत जाने
4. जनताको माध्यमबाट आन्दोलन घोषणा गर्ने

यस्तै, मुख्यमन्त्री यादवले प्रदेश प्रमुखबाट शपथ ग्रहणलगत्तै तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन्।

बर्दिवासकै होटलमा एमाले, राप्रपा र संघीय समाजवादी पार्टीका एक/एक जना सांसदलाई विनाविभागीय मन्त्री बनाउँदै शपथ खुवाइएको छ।

छलफलमा जुटेका दलहरूले अबको रणनीति र कस्तो प्रतिक्रिया दिने भन्ने विषयमा अन्तिम निर्णय गर्न बैठक जारी राख्ने तयारी गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै