जनकपुर । मधेस प्रदेशको प्रशासनिक भवन मधेस भवनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सदस्य र कार्यकर्ताहरूले प्रहरीसँग झडप गरेर प्रवेश गरेका छन ।
सोमबार बिहान सरोज यादवलाइ मुख्यमन्त्रीमा नियुक्त गरेपछि प्रवेस गर्न खोज्दा लोसपा कार्यकर्ता र प्रहरीबिच झडप भएको हो ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विरोध स्वरूप लोसपाका नेताहरू प्रदर्शनमा उत्रेका थिए।
रातिदेखि मधेस भवन भित्र विरोध जारी रहेपनि प्रहरीले प्रवेश रोक्दा केही समय हातपातसमेत भएको थियो।
प्रदेशसभा सदस्य रुपा यादवलगायतका लोसपा नेता र कार्यकर्ताहरूले प्रहरीसँग विवाद गर्दै मधेस भवन भित्र प्रवेश गरेका हुन्।
अहिलेसम्म प्रवेशको क्रममा थप तनाव बढेको र सुरक्षा टोलीले अवस्थालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको जनाइएको छ।
मधेस भवन क्षेत्र निषेधित क्षेत्र भए पनि विरोध प्रदर्शन जारी रहँदा प्रशासनिक कार्य प्रभावित भएको छ।