ट्रेन्डिङ

सुन तोलामा आज २ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

जबकि अघिल्लो साता शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँ थियो ।

यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको छ ।

यसैगरी चाँदीको भाउ तोलामा भने ५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १५ रुपैयाँमा तोकिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै