जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनललाई माओवादीका प्रदेश सांसदले विश्वासको मत नदिने घोषणा गरेका छन् ।
प्रदेश सभाको बैठकमा बोल्दै प्रदेश सांसद रहबर अन्सारीले मुख्यमन्त्री सोनलको सरकारलाई विश्वासको मत नदिने घोषणा गरेका हुन ।
सदनमा बोल्दै आफ्नो अनुहारमा कालो मसो लगाउँदै प्रदेश सांसद अन्सारीले मुख्यमन्त्री सोनलाई विश्वासको मत नदिने बताएका हुन । उनीसंगै माओवादी पार्टीका अर्का महिला सांसदले पनि विश्वासको मत नदिने घोषणा गरेकी हुन ।