ट्रेन्डिङ

मधेस सरकारलाई विश्वासको मत नदिने नेपाल संघीय समाजवादी पार्टीको निर्णय

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनललाई नेपाल संघीय समाजवादी पार्टीले विश्वासको मत नदिने निर्णय गरेको छ ।

आज पार्टीको आन्तरिक बैठकपछि विश्वासको मतका विषयमा सहमति जुट्न नसकेपछि उक्त निर्णय गरिएको पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीले जानकारी दिएका छन् ।

अध्यक्ष अन्सारीका अनुसार पार्टीभित्र विश्वासको मत दिने वा नदिने विषयमा लामो समयदेखि छलफल भए पनि अन्ततः आन्तरिक मतभेदका कारण मत नदिने निष्कर्षमा पुगेको हो ।

“पार्टीभित्र विश्वासको मतबारे एकमत हुन सकेन, त्यसैले सोनल सरकारलाई समर्थन नगर्ने निर्णय भएको छ,” अध्यक्ष अन्सारीले भने ।

नेपाल संघीय समाजवादी पार्टीको मधेस प्रदेशसभामा एकजना मात्र सांसद छन् । सोही सांसदले विश्वासको मत प्रक्रियामा भाग नलिने जनाइएको छ ।

मुख्यमन्त्री सोनलले केही दिनअघि प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । उनका लागि प्रदेशसभामा विश्वासको मत महत्वपूर्ण हुने बताइँदै आएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै