जनकपुर । मधेस प्रदेश सरकारलाइ थप दुइ दलले विश्वासको मत दिने भएका छन ।
शुक्रबार साँझ मुख्यमन्त्री जितेन्द्र सोनलसंग भेटघाट गर्दै थप दुइवटा दलले सोनल सरकालाइ विश्वासको मत दिने प्रतिबद्धता जनाएका हुन ।
मुख्यमन्त्री सोनललाइ नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने प्रतिबद्धता जनाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
शनिबार (कार्तिक २२ गते) प्रदेश सभामा हुने विश्वासको मत अघि दुबै दलले शुक्रबार साँझ मुख्यमन्त्री सोनललाई विश्वासको मत दिने प्रतिबद्धता जनाएको मुख्यमन्त्रीका स्वकीय सचिव रमेश सर्राफले बताए ।
विश्वासको मतका तयारी तीव्र भइरहेका बेला यी दुई दलको समर्थनले मुख्यमन्त्री सोनलको सरकार थप स्थायित्व प्राप्त गर्ने देखिएको छ।
नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरूले सरकारलाई निरन्तरता दिने निर्णय गरेको बताइएको छ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि प्रदेशको विकास, स्थायित्व र जनताका मुद्दामा एकमत हुँदै सरकारलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
मुख्यमन्त्री सोनलले विगतमा पनि दलहरूसँग संवाद र सहकार्यका माध्यमबाट मधेस प्रदेशको राजनीतिक स्थायित्व र विकासलाई प्राथमिकतामा राख्दै आएका छन्।
विश्वासको मतअघि प्राप्त यो समर्थनले प्रदेशसभामा सरकारलाई सहज वातावरण तयार गरिदिने अपेक्षा गरिएको छ।
विश्वासको मत शनिबार दिउँसो मधेस प्रदेश सभाको बैठकमा प्रस्तुत गरिने कार्यक्रम तय गरिएको छ।