वीरगन्ज । सखुवा प्रसौनी गाउँपालिकाका मेयर जसवन्त यादवले आज आफ्नो वडाका जनतासंग भेटघाट गरेका छन ।
गाउँपालिकाको वडा नम्बर–३ कटैयामा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनीहरुको समस्यासँगै विकासका आवश्यकताहरुबारे जानकारी लिएका हुन।
भेटघाटका क्रममा उनले भने, “म यहाँको प्रत्येक नागरिकको समस्या बुझ्न र समाधानका उपाय खोज्न आएको हुँ। स्थानीय बासिन्दासँग प्रत्यक्ष संवादले हाम्रो सेवा सुधारमा सहयोग पुर्याउँछ। यसरी हामीले प्राथमिकतामा आधारित विकास कार्यक्रम अघि बढाउन सक्छौं।”
मेयर यादवले जनताको समस्यालाई सम्बोधन गर्ने विषयमा आफ्नो प्रतिवद्धता पनि स्पष्ट पारे।
उनी भन्छन, “हामीले यहाँका बासिन्दाबाट प्राप्त सुझाव र गुनासाहरुलाई ध्यानमा राखेर ठोस कदम चाल्नेछौं। सडक सुधार, पिउने पानीको सुविधा, शिक्षा र स्वास्थ्य सेवा जस्ता प्राथमिक क्षेत्रमा सुधार ल्याउन विशेष ध्यान दिइनेछ। हामी जनताको आवाजलाई प्राथमिकतामा राख्दै गाउँपालिकामा सेवा र विकासलाई प्रभावकारी बनाउने छौं।”
उनले थपे, “सर्वसाधारणसँगको संवाद मात्र पर्याप्त होइन, त्यसको आधारमा योजना र कार्यक्रम कार्यान्वयन गर्नु पनि आवश्यक छ। म सबै वडाका बासिन्दासँग नियमित भेटघाट गर्दै उनीहरुको समस्या सुन्न र समाधानको लागि पहल गर्दै जानेछु।”
स्थानीय बासिन्दाहरुले मेयर यादवको यस सक्रिय पहुँच र समस्याप्रति तत्परता देखाउने व्यवहारको स्वागत गरेका छन्।
उनका अनुसार, जनताको प्रत्यक्ष सहभागीता र सरोकारको माध्यमले गाउँपालिकामा विकास र सेवा सुधारका कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।
मेयर यादवले अन्त्यमा भने, “जनताको सहयोग, सुझाव र सहभागिताले मात्र हामीले गाउँपालिकामा दीर्घकालीन विकास र सुधार सुनिश्चित गर्न सक्छौं। यसै उद्देश्यका साथ म जनताको समस्या सुन्न र समाधानमा काम गर्न प्रतिबद्ध छु।”