ट्रेन्डिङ

रौतहटमा अवैध घरेलु मदिरा भट्टी नष्ट

रौतहट । रौतहट प्रहरीले जिल्लाको परोहा नगरपालिका–९, नामनगमा सञ्चालन भइरहेको अवैध घरेलु मदिरा उत्पादन गर्ने पाँच वटा भट्टी नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट, गौरबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान करिब ९ बजे सो क्षेत्रमा छापा मारेर अवैध मदिरा उत्पादनमा प्रयोग हुने सामग्रीसहित भट्टी नष्ट गरेको हो।

प्रहरीका अनुसार भट्टीहरूबाट ४०० लिटर तयार मदिरा, कच्चा पदार्थ र ड्रम बरामद गरिएको छ।

साथै मदिरा उत्पादनमा प्रयोग हुने अन्य सामग्री पनि नष्ट गरिएको बताइएको छ।

घटनामा संलग्न व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीले स्थानीयवासीलाई अवैध मदिरा उत्पादन, बिक्री र सेवन नगर्न समेत आग्रह गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै