ट्रेन्डिङ

एमाले पर्साद्वारा वडा, पालिका र जिल्ला स्तरमा जनभेला गर्ने निर्णय

वीरगन्ज । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संगठन सुदृढीकरण र जनसंपर्क अभियानलाई तीव्रता दिने उद्देश्यका साथ देशभर वडा, पालिका र जिल्ला स्तरमा जनभेला सञ्चालन गर्ने निर्णय गरेको छ।

त्यसअन्तर्गत पर्सा क्षेत्र नम्बर -१ मा आज सम्पन्न बैठकले सो अभियान अन्तर्गत हुने जनभेला कार्यक्रमलाई सफल पार्ने निर्णय गरेको हो।

बैठकमा स्थानीय नेतृत्व, जनप्रतिनिधि तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो।

बैठकमा एमालेका शीर्ष नेताहरू पूर्व प्रतिनिधि सभा सदस्य प्रभु हजरा, एमाले नेता बसरुद्दिन अन्सारी र सुन्दर राउत कुर्मी लगायतका नेताहरू उपस्थित थिए।

उनीहरूले पर्साका सबै वडा र पालिकामा जनसंपर्क र संगठन विस्तारमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन।

नेताहरूले जनभेला कार्यक्रममार्फत जनताको मुद्दा, पार्टीको नीति र आगामी निर्वाचनका रणनीतिहरू जनस्तरमा पुर्‍याउने लक्ष्य रहेको बताए।

बैठकले स्थानीय तहमा पार्टी संरचना सुदृढीकरण, जनसंगठन सशक्तीकरण र नेतृत्व विकासका कार्यक्रमहरू पनि अघि बढाउने निर्णय गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै